हेटौंडा । बागमती प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार बिहिबार प्रदेशको १३ वटै जिल्लामा थप ४७ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय पुगेको छ ।

यसैगरि प्रदेशमा हालसम्म कोरोनाको कारण ५ जनाले ज्यान गुमाएका छन् भने २ सय संक्रमित कोरोना मुक्त भईसकेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।