हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार आज प्रदेशभर थप २ जनामा संक्रमण थपिए संगै प्रदेशमा संक्रमितको संख्या ५ सय २ पुगेको हो ।  आज थप हुनेहरुमा सिन्धुपाल्चोका २५ वर्षीय पुरुष र चितवनका ५० वर्षीय पुरुष रहेका छन् ।

यसैगरि प्रदेशमा हालसम्म कोरोनाको कारण ६ जनाले ज्यान गुमाएका छन् भने २ सय संक्रमित कोरोना मुक्त भईसकेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।