हेटौँडा ।  बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७-०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ।
आज भएको प्रदेशसभा बैठकले बजेटलाई बहुमतले पारित गरेको हो । बजेटको विषयमा उठेको जवाफ दिँदै मुख्यमन्त्री डोरमणी पौडेलले बजेट पास गर्नको लागि सबै सांसदलाई आग्रह गरेका थिए ।

नेकपाबाहेक सबै दलहरुले बजेटमा असहमति जनाए पनि नेकपाको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो। बजेटमा नेपाली कांग्रेस, विवेकशील साझापार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्रले बजेटको विपक्षमा रहेका थिए। बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७-७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ। बागमती प्रदेश सरकारले अघिल्लो ०७६-०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।