असार १९ – फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएकोमा राष्ट्रपतिले उहाँको राजीनामा स्वीकृत गरी नयाँ मन्त्रीमण्डल गठन गर्ने बताउनुभएको छ ।

एडुवार्डको राजीनामा के कति कारणले आयो भन्ने यकिन नभए पनि कोरोना महामारीका बेला ठोस योजना ल्याउन नसकेको र राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण राजीनामा आएको आँकलन गरिएको छ ।

राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यही सरकारलाई नै निरन्तरा दिइने राष्ट्रपतिको म्यकौंको भनाई छ । यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ ।

यता राष्ट्रपति म्याक्रोँ अबको २१ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न चाहे तापनि केही समयअघि भएको नगरस्तरीय निर्वाचनमा भने उनको पार्टीले पराजयको सामना गरिसकेको छ ।

फ्रान्समा राष्ट्रपति म्याका्र्रें भन्दा प्रधानमन्त्री एडुवार्ड नै लोकप्रिया मानिनुहुन्छ । -एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।