१९ असार । गण्डकी प्रदेशको ४ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा १९ जना , तनहुँमा ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना संक्रमित भेटिएका हुन् । उनीहरुको प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०६३ पुगेको छ । यसैगरि गण्डकी प्रदेशमा हालसम्म २८७ संक्रमित कोरोना मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।