पृथ्वीमा ७० प्रतिशत भूभाग पानीले ओगटेको छ । यी ७० प्रतिशत भागमा पाँच यति विशाल महामागरहरु छन् जसको सुरुवात र अन्तिम भाग फेला पार्न समेत मुश्किल छ । यी महासागरहरुको गहिराईमा धेरै गोप्य कुराहरु लुकेका छन् । आज हामी तपाईहरुलाई महासागरसँग जोडिएको यस्तै एउटा रहस्यको खुलासा गर्न जाँदैछौं, जुन सुनेर तपाई आश्चर्यचकित हुनुहुनेछ ।

हिन्द महासागर र प्रशान्त महासागर अलास्काको खाडीमा पुगेर मिसिन्छन् । तर यी दुई महासागरले एकअर्कालाई छोएर पनि कहिल्यै मिसिएनन् । किनभने यी दुई महासागरको पानी एकआपसमा कहिल्यै मिसिएनन् । हिन्द महासागरको पानी र प्रशान्त महासागरको पानी सधै भिन्दा भिन्दै अस्तित्व बोकर बाँचे ।

तपाईले यो तस्विरमा पनि देख्न सक्नुहुन्छ एउटा महासागरको पानी निलो र अर्को हलुका हरियो रंगको छ ।

यो रहस्यलाई कतिपायले धार्मिक मान्यतासँग पनि जोड्ने गरेका छन् । तर वैज्ञानिकहरु यसको पछाडी भिन्दै कारण देख्छन् । नुनिलो पानी र मिठो पानीबीच घनत्व, तापमान र लवणता पनि फरक हुन्छ । यी दुई महासागर भेट हुने ठाउँमा फिजको एउटा पर्खाल बनेको बताइन्छ । यहिँ फरक घनत्वका कारण यी दुई महासागरको भेट भए पनि पानी कहिल्यै मिसिदैँनन् ।

यसको पछाडी अर्को वैज्ञानिक कारण पनि भएको बताइएको छ । जब फरक घनत्व भएको दुई पानीमा सूर्यको किरण पर्छ तब दुई पानीमा फरक रंग देखा पर्छ यसकारण पानी मिसिए पनि रंग फरक देखिने वैज्ञानिकहरु तर्क गर्छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।