असार १९ – सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले परीक्षणको दायरा बढाउन क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचारारत सबै बिरामीको पीसीआर परीक्षण गर्न थालिएको बताए ।

यसअघि विदेशबाट आएका, क्यारेन्टिनमा बसेका सम्भावित संक्रमित, संक्रमित व्यक्तिको यात्रा हेरेरमात्र परीक्षण गर्ने गरेकामा अबदेखि क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचाररत सबै बिरामीको पीसीआर परीक्षण गरिन थालिएको हो ।

यसैगरी सबै स्वास्थ्यकर्मीको समेत कोभिड–१९ को पीसीआर परीक्षण गरिने उनले जानकारी दिए । अहिलेसम्म देशभरका २३ प्रयोगशालाबाट दुई लाख ४२ हजार २४७ जनाको हालसम्म पीसीआर परीक्षण भएको छ । विगत २४ घण्टामा चार हजार ४८३ जनाको कोभिड–१९ पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता डा. गौतमले क्लिनिकल समन्वय समितिको निर्णयअनुसार अबदेखि सरकारीसँगै सामुदायिक र निजी अस्पतालमा पनि कोभिड–१९ को उपचार गरिने बताए । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।