इङलिश प्रिमियर लिग विजेता लिभरपुललाई म्यानचेस्टर सिटीले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सिटीले लिभरपुलमाथि ४-० को जित हासिल गरेको हो ।

सिटीको जितमा केभिन डि ब्रुने, रहीम स्टरलिन र फिल फोडेनले एक एक गोल गरेका थिए भने एक गोल एलेक्स च्याम्बरलिनले आत्मघाती गोल गरेका थिए । यो लिभरपुलको यस सिजनमा दोस्रो हार हो ।

यो जितपछि सिटीले भने तेस्रो स्थानमा रहेको लेस्टर सिटीमाथि ११ अंकको अग्रता हासिल गरेको छ । सिटीको ३२ खेलमा ६६ अंक भएको छ भने उपाधि जितेको लिभरपुलको ३२ खेलमा ८६ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको लेस्टरको ३२ खेलमा ५५ अंक रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।