अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६ सय ३२ जनाको मृत्यु भएको छ ।

यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३१ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३१ हजार ४१७ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५५ हजार ५५६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २८ लाख ३३ हजार ६८६ पुगेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म ११ लाख ८८ हजार ३७५ जना संक्रमित कोरोना मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।