अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले घुस लिएको आरोपमा बाराबाट एकजनालाई पक्राउ गरेको छ । आयोगले घुस लिएको आरोपमा घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यलय सहयोगी खेमराज चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै रकम मागको भन्ने विशेष सुचनाको आधारमा पुगेको टोलीले कार्यालय परिसरबाट रु १० हजार घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।