असार १९ – गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । २०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका उनी हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए ।

पाँच करोड २९ लाख रुपैयाँ आर्जन गरेका उनको सम्पत्ति छानबिन हुँदा २ करोड ७ लाख रुपैयाँ मात्रै वैध भएको खुल्यो ।

आफ्नो अवैध आर्जन उनले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन, बैंकिङ कारोबरमा लगाएको अख्तियारको दाबी छ ।

अख्तियारले उनकी पत्नी रिता खनाल आचार्यलाई पनि प्रतिवादी बनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।