हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट रु दश हजार घुस रकमसहित पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको छ।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उनलाई रंगेहात पक्राउ गरिएको बताइएको छ। पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए। रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।