काठमाडौँ, १८ असार । कुनै समय निकै चर्चामा थिइन् बलिउड अभिनेत्री विद्या बालन । तर, पछिल्लो समय उनी बलिउडबा गुमनाम नै भएकी छन् । एकपछि अर्को सुपर फ्लप फिल्म दिएपछि उनको करिअर नै धरापमा परेको थियो ।

अन्तिमपटक उनी अक्षय कुमारको फिल्म सिमन मंगलमा देखिएकी थिइन् । डर्टी पिक्चर, कहानी जस्ता सुपरहिट फिल्म खेलेकी विद्याले सोलो फिल्म पाउन छोडेकी छन् । उनको बलिउड करिअर नै लगभग सकिएको केही फिल्म समिक्षकहरुको भनाई रहेको छ । मिसन मंगलबाहेक उनले लगातार ६ वटा फिल्म फ्लप दिएपछि उनको करिअर नै धरापमा परेको हो ।

उनको आउन लागेको फिल्म सिर्जितले करिअर जोगाउँछ वा झन् गुमनाम बनाउँछ यो भने चासोको विषय बनेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।