Image may contain: Kabin Sangami, sunglasses and outdoor

हेटौंँडा ।  रोटरी क्लव अफ मकवानपुरको अध्यक्षमा चयन भएका कविन सांगामीले कार्यभार सम्हालेका छन् । हेटौँडामा भएको साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रममा रोटी क्लव अफ मकवानपुरका सन् २०१८र१९ का अध्यक्ष रामेश्वर श्रेष्ठले सांगामीलाई पद हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष भएपछि ् प्रतिक्रिया दिँदै सांगामीले रोटरी जस्तो सामजिक सस्थाको नेतत्वले थप जिम्मेवारी बहन गर्ने प्रेरणा दिएको बताए । सामजिक क्रियाकलापमा निरन्तर अघि बढने समेत उनको भनाई रहेको थियो ।

आगामी वर्ष २०२०र२१ को लागि सांगामीलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुका साथै सचिवमा कृष्णबहादुर कार्की र कोषाध्यक्षमा माधव ज्ञवालीलाई चयन गरिएको हो । केही समयपछि हुने पदस्थापन कार्यक्रमबाट अन्य पदको पदपूर्ति गरिनेछ । सन् २०१५ मा मकवानपुरका संस्थापक कोषाध्यक्ष भएर रोटरीमा प्रवेश गरेका वर्तमान अध्यक्ष सांगामी सन २०१६र१७ मा मनोनित सचिव, ०१७र०१८ मा उपाध्यक्ष र ०१८१९ मा मनोनित अध्यक्ष भई कार्य गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।