File photo

१८ असार । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढेको देखिएको छ । भारतमा बिहिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ ।

यहाँ पछिल्लो २४ घण्टामा थप १९ हजार ४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख नाघेको हो ।

भारत कोरोना प्रभावित देशको सूचीको चौथो नम्बरमा छ । वल्डोमिटरको तथ्याङक अनुसार भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजार २१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४ सय ३८ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ हजार ८ सय ४८ पुगेको छ । संक्रमित मध्ये ३ लाख ५९ हजार कोरोना मुक्त भएका छन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।