१८ असार । इटालियन सिरी ‘ए’मा इन्टर मिलानले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टरले ब्रेसियामाथि ६–० गोलको जित निकालेको हो ।

इन्टरको मैदानमा भएको खेलमा अश्ले योङ, एलेक्सिस सान्चेज, डेनिलो डी‘एम्ब्रोसियो, रोबर्ट गाग्लिआर्डीनी, क्रिस्टियन इरिक्सन र एन्टोनियो कान्ड्रेभाले समान एक–एक गोल गरेका थिए ।

इन्टरले पहलो हाफमा तीन तथा दोस्रो हाफमा तीन गोल गर्दै फराकिलो जित निकालेको हो । जितसँगै तेस्रो स्थानको इन्टरले शीर्ष क्लबहरूविरुद्ध अंकदूरी घटाएको छ ।

उसले २९ खेलबाट ६४ अंक जोडेको छ भने दोस्रो स्थानको लाजियोसँग ६८ तथा शीर्ष स्थानको युभेन्टससँग ७२ अंक छ । पराजित ब्रेसिया भने १८ अंकका साथ अंक तालिकाको पुछारमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।