file photo

असार १८ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषद‍्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे सुरु हुने भनिएको स्थायी कमिटी बैठक मन्त्रिपरिषद् बैठकपछि मात्र सुरु हुने भएको छ।

दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बोलाइएकाले सो बैठक सकिएपछि मात्र स्थायी कमिटी बैठक सुरु हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बिहान ११ बजेको निर्धारित समयभन्दा केही समय अगावै अध्यक्ष प्रचण्डसहितका नेताहरू बालुवाटार पुगेका थिए। यसरी प्रधानमन्त्री सक्रिय हुनुलाई विशेष रुपमा हेरिएको ।-एबिसी टिभिबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।