एजेन्सी, १९ जेठ । आफ्नो प्लेटफर्ममा आएका खराब सामग्रीहरुमाथि नियन्त्रण गर्न नसकेपछि भारत लगायत विभिन्न मुलुकहरुमा टिकटक एपले अहिले ठूलो आलोचना खेपिरहनु परेको छ । कतै यो एपमाथि प्रतिबन्ध लगाईनुपर्ने मागहरु पनि उठिरहेका छन् ।

यदि तपाई टिकटको प्रयोगकर्ता हुनुुहुन्छ र टिकटकको राम्रो विकल्प खोज्दै हुुनुहुन्छ भने आज हामी तपाईलाई यसका विभिन्न विकल्पहरुको बारेमा बताउँदैछौं ।

१. मित्रों एप
भारतले टिकटकलाई टक्कर दिन मित्रों एप सार्वजनिक गरेको छ । यो एपले गुगल प्ले स्टोरमा टप फ्रि चार्टमा शिर्ष दशको सूचीमा स्थान बनाईसकेको छ । तर यो एपमा तपाईले टिकटकको जस्तै सबै फिचर भने पाउन सक्नुहुन्न ।

२. बाइटी एप
बाइटी एपलाई यसै वर्षको सुरुवातमा विश्वभरी लन्च गरिएको थियो । प्रयोगकर्ताहरुले यो एपमा ६ सेकेण्डको छोटो भिडियो बनाएर साथीभाई तथा आफन्तमाझ साझा गर्नसक्छन् । यसलाई गुगल प्ले स्टोर तथा एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ ।

३. रोपोसो एप
रोपोसो एउटा लोकप्रिय एप हो । यो एपलाई गुगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्नसकिन्छ । प्रयोगकर्ताहरुले यसबाट टिकटक जस्तै भिडियो र अडियो बनाएर सोसल मिडियामा शेयर गर्नसक्छन् ।

४. बोलो इण्डिया एप
बोलो इण्डिया भारतीय एप हो । चिनियाँ एप टिकटकलाई टक्कर दिन बनाइएको यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । प्रयोगकर्ताहरुले यसमा अंग्रेजी सिकाउने र खाना बनाउने टिप्स जस्ता सामाग्रीहरु पनि अपलोड गर्नसक्छन् ।

५. डब्सम्यास एप
यो एउटा लोकप्रिय एप हो । यसलाई गुगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यसमा भिन्न भिन्न फिल्टरको साथमा भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गर्नसक्छन् । यसबाहेक यो एपमा लिपसिङको सुविधा पनि छ ।

from : sajhapost


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।