साङ्केतिक तस्वीर

चट्याङ्ग लागेर बारामा चार जना महिलाको मृत्यु भएको छ । बिहिवार बिहानैं देखि भएको बर्खामा चट्याङ्ग पर्दा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं।१२ सितलपुर र फेंटा गाँउपालिका वडा नं।१ मा गरि ४ जनाको मृत्यू भएको हो ।

मृत्यु हुनेमा सितलपुर स्थित खेतमा रोपाईं गरि रहेकी ३५ वर्षिय आसादेवी महतो , ४५ वर्षिय हलिमा खातुन रहेकी छन् ।

उता फेंटामा भने घर मैं चट्याङ्ग लाग्दा एकै परिवारका ३० वर्षिय ईन्दु देवी महतो, ४० वर्षिय सुनरपति देवी महतोको घटान स्थलमा मै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रवक्ता गौतम मिश्रले बताए । चटाङ लागेर फेंटामा अन्य ५ जना घाईते भएका छन् ।

घाईतेहरुलाई अस्पताल लगिएको र मृतकहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउँने त्यारी भईरहेको प्रवक्ता मिश्रले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।