असार १८ – बिहीबार कारोबार खुलेको एक घण्टा नबित्दै दुई पटक नकारात्मक सर्किट ब्रेक लागेको छ । दुई दिन लगातार उकालो लागेको बजारमा बिहीबार बजार खुलेदेखि नै घटेर नेगेटिभ सर्किट लागेको हो ।

पहिलो सर्किट लागेर २० मिनेटपछि खुलेको बजारमा ४ मिनेटमै अर्को सर्किट लागेको हो । नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेपछि सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।

११ बजेर ४७ मिनेट जाँदा रोकिएको कारोबार अब दिउँसो १२ बजेर २७ मिनेटमा पुनः सुचारु हुने छ ।

यसअघि कारोबार सुरु भएको २३ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट लागेको थियो । ५३.५ अंक अर्थात ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटमा लागि रोकिएको हो । केही मिनेट उकालो लागेको बजार त्यसपछि लगातार आरालो लागेको हो । सेयर बजार ११ बजेर २३ मिनेटमै ४ प्रतिशतले घटेको थियो ।

दोश्रो पटक सर्किट लाग्दा नेप्से परिसूचक ६७ अंकले घटेर १२६९ अंकमा झरेको छ । सो अवधिमा १३३ कम्पनीको २९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।