file photo

असार १८ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्षबीचमा संवाद गराउन जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ ।

फूटको डिलमा पुगिसकेको सत्तारुढ नेकपालाई जोगाउने प्रयासस्वरुप दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच संवाद गराउन बैठक रोकिएको हो ।

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन ओलीमाथि दबाब बढाएपछि आन्त्रिक संघर्ष चरम बनेको छ ।

पार्टीभित्र आफ्नो पल्ला तल परेकै बेला प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक राखेर संसद अधिवेशन स्थगित गर्न सिफारिश गराउनुभएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।