१८ असार । इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय ब्यहोरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामसँग ३–२ गोलको हार ब्यहोरेको हो ।

वेस्ट ह्यामको मैदानमा भएको खेलमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो । खेलको ४२औं मिनेटमा विलियनले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयमा थोमस सौसेकले गोल गर्दै वेस्ट ह्यामलाई बराबरीमा फर्काए ।

खेलको ५१औं मिनेटमा माइकल एन्टोनियोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ७२औं मिनटमा विलियनले गोल गर्दै चेल्सीलाई २–२ गोलको बराबरीमा फर्काए । तर, ८९औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गरेपछि वेस्ट ह्यामले ३–२ गोलले चेल्सीलाई स्तब्ध बनायो ।

जितसँगै वेस्ट ह्यामले ३० अंक बनाउँदै १६औं स्थानमा उक्लिएको छ । चेल्सी भने ५४ अंकका साथ चौथो स्थानमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।