१८ असार । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण्बाट ६७४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ८५ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५० हजार ८१४ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २७ लाख ७८ हजार १३० पुगेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म ११ लाख ५९ हजार ७३४ जना संक्रमित निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।