हेटौँडा । मकवानपुर प्रहरीले लकडाउनको समयमा जुवा खेलिरहेको अवस्थामा हेटौँडा ७ बाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा गएको प्रहरी टोलिले हेटौँडा–७ नागस्वतीमा रहेको मासुपसलबाट तास खेल्दै गरेका पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ का दिनेश गौतम, उद्धब खनाल, सुर्दशन खनाल, विकास गौतम र पुर्ण राज थिङ रहेको प्रहरीले जनाएको छ ।

लकडाउनको समयमा समेत उनीहरुले नगदको कारोबार हुनेगरि जुवा खेलेको कारण पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको उनको भनाई रहेको छ ।
पक्राउ पर्नेमा सामजिक अगुवा भन्दै हिडनेहरु समेत रहेको स्थानीयहरुको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।