हेटौँडा । गत असार १ गते हत्या भएकी हेटौँडा ४ कि सुस्मिता क्षेत्रीको हत्यामा संलरगन रहेको दुर्गा थापासहितको अन्य दोषीको पहिचान गरि कडा कारबाहीको माग गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा क्रियाशिल रहेको १५ वटा टोल विकास सस्थाहरुले आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउदै टोल विकास सस्थाका प्रतिनिधिहरुले घटनाको मुख्य योजनाकार कार्की भएको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ : जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धानमा खटिनुभएका प्रहरी टोलीले आफ्नो पेशागत दक्षता र तदारुकताका साथ अभियुक्तहरुलाई नियन्त्रणमा लिन सफलता हाँसिल गरेको कार्य प्रशंसनिय रहेको छ ।
घटनाको दोषि कोहि नछुटुन निर्दोष व्यक्ति कोहि नफसुन भन्ने मान्यताका साथ अनुसन्धान गरिरहेको नेपाल प्रहरीले अनुसन्धानको क्रममा प्रत्यक्ष संलग्न नभए पनि षड्यन्त्रकारी योजना बनाई कार्यान्वयन गर्न मुख्य भुमिका निर्वाह गर्ने मुख्य योजनाकार दुर्गा थापा कार्कि र अन्य व्यक्तिलाई समेत आवश्यक अनुसन्धान गरी अभियुक्तहरुलाई हदैसम्मको दण्ड सजाय होस भनी माग गर्न चाहन्छौँ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार १५  गते हत्यामा संलग्न रहेको भन्दै सुस्मिताको ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सिता थापा र जेठि नन्द दुर्गा थापालाई सार्वजनिक गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।