हेटौंडा, १७ असार/प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस नेतृ ज्ञानकुमारी छन्त्यालको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका सचिव निमा लामाद्वारा जारी शोक विज्ञप्ति जारी गर्दै उहाँको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको जनाए । विज्ञप्तिमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा छन्त्याल एक राजनैतिक व्यक्तित्वमात्रै नभई सामाजिक व्यक्तित्व रहेको उहाँले ग्रामिण विकासका कार्यमा देखाउनुभएको योगदानले प्रष्ट पारेको विज्ञप्तिमा जनाइएको छ । २०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई राजनीतिक यात्रा शुरु गर्नु भएकी छन्त्यालले २०७० सालमा प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य र २०७४ सालमा समानुपातिक समावेशी प्रणालीबाट निर्वाचित प्रतिनिधिसभाको सदस्य रहनु भएको विज्ञप्तिमा उल्लेख छ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।