अनिष चौँलागाई, हेटौँडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको न्यनिकरण गर्न सरकारले जारी गरेको लकडाउनको आज एकसय दिन पुगेको छ । लकडाउनको कारण जनजीवन प्रभावित बनेको छ । लकडाउनले सबैभन्दा धेरै व्यवसायीहरुलाई असर गरेको छ ।
नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेबाट सुरु गरेको लकडाउनको २०७७ असार १७ गते एकसय दिन पुगेको छ । यो एकसय दिनको अवधिमा मकवानपुरमा आत्महत्याको कारण प्रत्येक दोश्रो दिन कम्तिमा एकजनाले ज्यान गुमाउने गरेको भयावह तथ्यांक प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार एक सय दिनको अवधिमा ४४ जना मकवानपुरेले ज्यान गुमाए । उनीहरुमध्ये अधिकांस ब्यक्तिहरु युवा उमेरको रहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांक अनुसार लकडाउन सुरुभएदेखि एकसय दिनको अवधिमा ३० जना पुरुष तथा १४ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये झुण्डीएर २८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १९ जना पुरुष तथा ९ जना महिला रहेका छन् । त्यसैगरी विष सेवन गरि आत्महत्या गर्ने १२ जना रहेको छन् । जसमध्ये ७ जना पुरुष तथा ५ जना महिला रहेका छन् । यसैगरी असारको हालसम्म ४ जना ब्यक्तिहरुले आत्महत्या गरेको भएपनि मुद्धा दर्ता भैनसकेको मकवानपुरका प्रहरी प्रवक्ता तथा डिएसपी इन्द्रबहादुर रानाले खबरब्रेकलाई बताए ।

खबरब्रेकलाई प्रतिक्रिया दिँदै डिएसपी रानाले आत्महत्याको महत्वपर्ण कारण आर्थिक तथा सामजिक रहेको बताए । लकडाउनको कारण व्यवसायहरु पनि निकै घाटामा रहेको सन्र्दमा मानसिक तनाब बढ्ने, घरयासी समस्याको कारणपनि आत्महत्याको दर बढेको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।