file photo

असार १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । एक मन्त्रीका अनुसार, नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले मन्त्रीहरुलाई आकस्मिक बोलाएका हुन् ।

मंगलबार स्थायी कमिटी बैठकमा बोल्ने १८ जना सदस्यले नै सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए । कसैले पनि सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री ओली एक्लैले सरकारको बचाउ गर्नु परेको थियो ।
मन्त्रीहरुलाई अहिले विहान ८ बजे बोलाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।