बार्सिलोनाका कप्तान लियोनेल मेसीले आफ्नो क्यारियरमा ७ सयौं गोल पुरा गरेका  छन् । गएराती सम्पन्न एटलेटिको म्याड्रिडविरुद्धको खेलमा खेलको ५०औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेसीले आफ्नो क्यारियरको ७ सय गोल गरेका हुन् ।

गत जुन २४ मा आफ्नो जन्मदिन मनाएका मेसीले क्यारियरको ७ सयौं गोल पुरा गर्ने क्रममा बार्सिलोनाका लागि ६३० गोल गरेका छन् भने आफ्नो देश अर्जेन्टिनाका लागि ७० गोल गरेका छन् । मेसी बार्सिलोनाका लागि अल टाइम उच्च गोलकर्ता हुन् ।

क्यारियरमा सधै तुलना हुने क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म ७२८ गोल गरेका छन् । जसमा रोनाल्डोले एक हाजर ७ खेल खेलेका छन् । तर मेसीले भने केवल ८६० खेलमा आफ्नो ७ सय गोल पुरा गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।