हेटौँडा । मकवानपुरका तीनजना महिलाले कोरोना संक्रमणलाई जितेका छन् । १४ दिन अघि कुवेतबाट नेपाल आएका दुई महिला तथा ८ दिन अघि भारतबाट हेटौँडा आएकी एकजना महिलाले कोरोना संक्रमणलाई जितेका हुन् ।

पाटन अस्पतालको आइसोलेसनमा रहेका पुर्वी मकवानपुर बागमती गउँपालिका र पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको महिलाको कोरोना रिर्पोट नेगेटिभ आएसँगै उनीहरु भोली डिस्चार्ज हुने कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईलेबताए । कुबेतबाट आएका उनीहरु १४ दिनसम्म आइसोलेसन बसेका छन् । उनीहरुसँगै कुबेतबाटै आएकी राक्सीराङ गाउँपालिकाकी महिलामा भने पुनः पोजेटिभ आएको छ ।

त्यसैगरी ८ दिन अघि भारतबाट आएकी हेटौँडा १३ कि महिलाले पनि सातदिनमानै कोरोनालाई परास्त गर्दै हेटौँडाबाट डिस्चार्ज भएकि छिन् । हेटौँडाको कोरोना आइसोलेसन वार्डमा रहेकी उनी सातौँ दिनमा डिस्चार्ज भएको आइसोलेसन वार्डका संयोजक चौँलागाईले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।