साङ्केतिक तस्विर

रियो दी जेनेरियो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चारजना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् । संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिएपनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखिएको छ ।

ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । ‘उनीहरुको फेरि परीक्षण गरिनेछ’–वक्तव्यमा उल्लेख छ ।

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ‘ए’ लिग सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसिप सुरु गर्ने तयारी गरिएको हो । ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झन्डै ६० हजारको मृत्यु भइसकेको छ । सिन्ह्वा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।