हेटौँडा । सानो परिवार चलाउनको लागि आफुले सिकेको पेशा अनुसार एउटा सानो गाडी किनेर दिनचर्या गर्दै आएका साना व्यवसायीहरुलाई बैंकले दिनदिनै फोन गरेर मानसिक तनाव दिन थालेका छन् ।
लकडाउनको कारण एकसय दिनबाट बन्द रहेका ति सार्वजनिक यातायात सञ्चालन गर्ने व्यक्तिहरु आफै मजदुर पनि हुन् । बैंक तथा सहकारीबाट ऋण काढेर साना यातायात सञ्चालन गर्दै आएका ति ब्यवसायीहरु लकडाउनको समयमा पनि बैंकले नियमित फोन गर्न थालेपछि मारमा परेका हुन् ।
खबरब्रेकसँग कुरा गर्दै साना सवारी ब्यवसायी समेत रहेका दुर्गाप्रसाद घिमिरेले आफुहरुलाई अहिले मानसिक तनाव बढेको बताए । आफुले सिकेको, जानेको पेशा अनुसार बैंकबाट केहि रुपैँया ऋण लिएर गाडी किनेको, तर लकडाउनको कारण सञ्चालन हुन नसको सबारीको किस्ता तिर्न आउनुस भनेर बैंकले दिनदिनै भन्दा मानसिक तनाव बढेको उनले बताए । त्यहि गाडीले कमाएर किस्ता तिर्ने थाहाँ हुँदा समेत बैंक नबुझ्ने भएको उनले बताए। सरकारले पनि लकडाउन अवधिभर किस्ता तिर्न नपर्ने लगाएतको सुविधाको विषयमा संवोधन गर्दा समेत बैंकहरुले अटेर गरेको उनको भनाई रहेको छ ।


उता अर्का सबारी चालक तथा ब्यवसायी जयराम सापकोटा पनि आफुहरुलाई निकै मानसिक तनाव भएको बताउँछन् । परिवार पाल्नको लागि एउटा सानो गाडी ऋणमा किनेको, त्यहि समयमा लकडाउन हुँदा अहिले बैंकले धेरैनै किचकिच गर्न थालेको उनले बताए ।

यो समस्या घिमिरे र सापकोटाको मात्र नभई धेरै त्यस्ता व्यवसायीको हो, जो आफै चालक भै ऋण गरेर साना सबारी सञ्चालन गरिरहेका छन् । खबरब्रेकसँग करिब १ दर्जन सबारीचालकहरुले समस्याको विषयमा अवगत समेत गराएका छन् । हेटौँडा आसपासमा साना सवारी सञ्चालन गर्ने गोकुल न्यौपाने, राजु न्यौपाने, रामचन्द्र ढकाल, पवन खड्का, भीमप्रसाद घिमिरे, सागर लम्साल लगाएतले पनि बैंकको फोनको कारण निकै समस्यामा परेको बताए । उनीहरुले भने ः हामीले सहज परिस्थितीमा सधै नियमित किस्ता तिर्दै आएका थियौँ, तर यो अवस्थामा त बैंकले बुझनुपर्ने हो नि ?  उनीहरुले आफुहरुजस्तो ब्यवसायी तथा श्रमिकको विषयमा सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।