हेटौँडा ।राष्ट्रिय फुटबल खेलाडी अशोक बराललाई पत्नीशोक परेको छ ।बरालकी पत्नी कृष्टिको आज बिहान काठमाण्डौँमा निधन भएको हो । ह्वाइट ब्लड सेलको कमिका कारण अस्वस्थ रहेकी कृष्टिना केही समयदेखि उपचाररत थिइन् । घरमै रहेकी कृष्टिनाको आज बिहान अचानक स्वास्थ्यमा समस्या आएसँगै निधन भएको जनाईएको छ ।
मनाङ मर्श्याङ्दी क्लबका गोलरक्षक बरालकी पत्नी कृष्टिको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।कृष्टि र अशोकका एक छोरी छिन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।