file photo

नेपाली सेनाले सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा कारवाही गर्दै सेवाबाट बर्खास्त गरेको छ ।  समरी जनरल सैनिक अदालतले सैनिक ऐन २०६३ बमोजिम सेनाका दुई वरिष्ठ अधिकारीलाई कारवाही गरको नेपाली सेनाले जनाएको छ ।

सहायक रथी रावल र महासेनानी खड्कालाई माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको सैनिक अदालतले ठहर गरेकोले रथी तथा अधिकृतलाई सेवाबाट बर्खास्त गरेको हो ।

नेपाली सेनाले प्द्दती र प्रणालीमा आधारित संगठन संचालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।