सांकेतिक तस्विर

असार १७ – नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अछाम जिल्ला रामरोशन गाउँपालिकाका वडा नम्बर ५ का ४५ वर्षे एक पुरुषको मृत्यु भएको हो । उनको असार १४ गते बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । असार १३ गते एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उनी मधुमेहका बिरामी थिए । उनको मृत्यु भएको भोलिपल्ट स्वाव संकलन गरी असार १६ गते परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
हालसम्म मृत्यु हुनेको संख्या ३० पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।