असार १७ – नेप्सेमा आज बुधबार पनि सर्किट ब्रेक लागेको छ । कारोवार खुलेको पहिलो ३५ मिनेटमा नै नेप्से पाँच प्रतिसतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लगाईएको हो ।

यस अवधिसम्ममा नेप्से ६३ दसमलव छ अंकले बढेर १३ सय २३ दसमलव ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव २१ अंकले बढेर दुई सय ८४ दसमलव १३ अंकमा पुगेको छ ।

यसअवधिमा एक सय १० वटा कम्पनीहरुको दुुई हजार ३० वटा कारोवारमा छ लाख ९० हजार सात सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १८ करोड ६६ लाख ७९ हजार चार सय एक एक रुपैयाँ पुगेको छ ।

यस अवधिमा होटल बाहेक सबै समुहको सुचक बढेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।