असार १७ – इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार तेहरानको सिना अतहर क्लिनिकमा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन् ।

इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले मृत्यु हुनेमा १५ महिला र ४ पुरुष रहेका छन् ।

विस्फोट ग्यास लिक भएर भएको आईएनएसले जनाएको छ । विस्फोटमा परेका कम्तिमा २० जनाको भने सकुशल उद्दार गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।