असार १७ – नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य फेरि बढेको छ । बुधवार कायम सुनको मूल्य हालसम्मकै उच्च विन्दु हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा रू५०० ले बढेको हो । महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रू९१ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रू९१ हजार २६५ मा बुधवार कारोबार भइरहेको छ ।

साथै चाँदी पनि तोलामा रू१५ ले बढेर प्रतितोला रू९६० मा कारोबार भइरहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।