असार १६ – आज मंगलबार कारोवार खुलेको पहिलो ४५ मिनेटमा नै नेप्से ४० अंकले बढेर १२ सय २९ दसमलव २७ अंकमा पुगेको छ ।

अघिल्लो दिन कारोवार खुलेको पहिलो ४० मिनेटमा ४० अंकले ओरालो लागेको नेप्से आज भने सुरुवाती समय देखि नै बढिरहेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि यो समाचार तयार पार्दाको अवस्थासम्म आठ दसमलव २३ अंकले बढेर दुई सय ६४ दसमलव ५२ अंकमा पुगेको छ ।

यस अवधिमा एक सय १२ कम्पनीहरुको १५ सय १९ वटा कारोवारमा दुई लाख २७ हजार ४४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ११ करोड ६६ लाख चार हजार आठ सय एक रुपैयाँ पुगेको छ ।

यो अवधिमा १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष र होटल बाहेक सबै समुहको सुचक उच्च अंकले बढेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।