असार १६ – सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९५ रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी भने प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लै दिनको बराबर हो । सोमबार भने सुन र चाँदी दुवैको मूल्य स्थिर थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।