काठमाडौँ, १६ असार । बार्सिलोनाले यस सिजनको अन्त्यमा प्रशिक्षक सेटिन क्विकलाई बर्खास्त गर्ने योजना बनाएको खबर बाहिर आएको छ । पछिल्लो समय बार्सिलोनाको खेलमा सुधार नदेखिएको र सिजनको अन्त्यसम्ममा नै यस्तै अवस्था रहे क्लबले उनलाई बर्खास्त गर्ने तयारी गरेको बताइएको छ ।

स्पेनिस लिग लालिगामा रियल मड्रिडले बार्सिलोनालाई पछि पारिसकेको छ । तर, बार्सिलोनाले सिजनको अन्त्यसम्ममा सुधार गरे भने अर्को सिजन पनि उनलाई क्लबमा नै देख्न सकिने रिपोर्टमा उल्लेख छ ।

अरनेष्टो भलभरडेलाई बर्खास्त गर्दै बार्सिलोनाले उनलाई अनुबन्ध गरेको थियो । तर, बार्सिलोनामा सुधार नदेखिएपछि उनलाई पनि बर्खास्त गर्ने तयारी भएको बताइएको छ ।

उता बार्सिलोनाले जाभीलाई प्रशिक्षक बनाउने तयारी गरेको खबर पनि बाहिर आएको छ । ३२ खेलमा बार्सिलोनाको ६९ अंक रहेको छ । त्यस्तै लिगको शिर्षस्थानमा रहेको रियलको ७२ अंक रहेको छ ।

ला लिगाका बाँकी ६ खेलहरु हुनै बाँकी रहेको छ । च्याम्पियन्स लिग र ला लिगामा सुधार नदेखिए उनी बर्खास्तीमा पर्ने लगभग पक्का रहेको समिक्षकहरुले बताएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।