१६ असार । स्पेनिस ला लिगामा आज राति डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजेबाट हुने यो खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ । यस खेलमा बार्सिलोनालाई शीर्ष स्थानमा फर्किने अवसर रहेको छ । हाल ऊ ६९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । एथ्लेटिकोलाई हराउन सकेको खण्डमा बार्सिलोना ७२ अंकका साथ शीर्ष स्थानमा चढ्नेछ ।

शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग ७१ अंक रहेको छ । यता, बार्सिलोनाको आजको प्रतिद्वन्द्वी एथ्लेटिको भने ५८ अंकका साथ तेस्रो स्थानमा छ । यस खेलमा ऊ बार्सिलोनालाई हराउँदै दुवै क्लबविरुद्ध अंकदूरी घटाउने योजनामा छ ।

आजको खेल बार्सिलोनाका लागि केही महत्त्वपूर्ण बन्न सक्छ । यस खेलमा पराजित भएमा वा बराबरी भएमा बार्सिलोना उपाधि होडमा कमजोर देखिनेछ । कोरोना महामारीपछि सुचारु भएको ला लिगाका पाँच खेलमध्ये बार्सिलोनाले ३ खेलमा जित र २ खेलमा बराबरी खेलेको छ ।

यता, एथ्लेटिकोले भने महामारीपछि सुचारु ला लिगाका पाँच खेलमध्ये एक खेलमा बराबरी र चार खेलमा जित निकालेको छ । शीर्ष स्थानमा रहेको रियलले भने पाँचै खेलमा जित निकालेको छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।