१६ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा कुराकानी भएको बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी समितिको बैठक सुरू हुनु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसंग भेटबार्ता गरेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।