असार १५ लाई दही चिउरा खाने दिन को रुपमा मनाइन्छ । यस दिन ले नेपाली समुदायमा खास अर्थ राख्द छ । यसै दिनको मौकामा धेरै नयाँ र शुभ कामको पनि सुरुवात भयको पाईन्छ । चर्चित गायक संगिताकार राजन राज सिवाकोटी र चर्चित गाइका मिलन नेवार ले नयाँ गीत को भिडियो सार्वजनिक गरेका छन । “तिमी उता म यता” बोल को यस गीतमा शब्द संगीत राजन राज शिवकोटीको रहेको छ भने गायिका मिलन नेवारसंगक यूगल गायनका रुपमा राजन आँफै अभिनयमा देखा परेका छन ।

केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ । भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छि छोरी आरिश्मा शिवकोटीको पनि अभिनय रहेको छ ।
भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन् । सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा मिलन र राजनराज शिवाकोटीलाई कलात्मक ढंगमा देखाइएको छ । यस अघी राजन र मिलन ले संयुक्त रुपमा चरिले काफल टिप्यो , ठेकिमा दही ,गुलेलिले हन्दिउकी बोलका गीत हरु बजार ल्याइ सकेका छन ।
राजन राज सिवकोटी र मिलन नेवार आँफैमा संगीत क्षेत्रको स्थापित र लोकप्रिय नाम हो । दुबै मिलेर संयुक्त अभिनय गरेको यस गीत कस्तो होला भन्ने कौतुहलता मेटाउदै गीत लाई मिलन नेवार को युटुव च्यानल बाट प्रसारण गरियको छ ।

हेर्नुहोस मिलन र राजनको आवाज र अभिनय रहेको “तिमी उता म यता” बोल को यस गीत


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।