Image may contain: outdoor and nature

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ५ दर्दरामा ३ सय मिटर स्ल्याब ढलान सम्पन्न भएको छ । ६ मिटर चौँडाईको उक्त बाटोमा स्ल्याब ढलान सम्पन्न भएको हो ।

एच बि मेघा कस्ट्रक्सनले निर्माण गरिरहेको सडकको बाँकी काम असोजसम्म सक्नेगरि काम भैरहेको कस्ट्रक्सनका प्रतिनिधि दिपक लामाले बताए । १ करोड १० लाखको ठेक्कामा निर्माण भैरहेको सडक निर्माणको अब वाल लगाउने तथा ९ सय २५ मिटर कालोपत्रे गर्ने काम हुने उनको भनाई रहेको छ । वर्षातको समय चाँडै सुरु भएको र वाल सुक्न समय लाग्ने भएको कारण गाउँपालिकासँग केहि समय मागेर असोजसम्म कालोपत्रे गरिसक्ने योजनामा आफुहरु रहेको लामाको भनाई रहेको छ ।

स्थानीय युवाहरुलेनै निर्माण गरिरहेको कामको विषयमा प्रतिक्रिया दिँदै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले काम निकै राम्रो ढंगबाट भएको बताए । गाउँकै युवाहरुले निर्माण गरिरहेको सडकको स्तर राम्रो भएको प्राविधिकहरुले आफुलाई जानकारी दिएको र आफुनै फिल्डमा गएर हेर्दा समेत सडक राम्रो बनेको उनले बताए ।
उक्त सडकले बसन्तपुर, डिल्लीपुर तथा दर्दरावासीलाई आवतजावतको लागि थप सहजता प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।