हेटौंडा । बागमती प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशको सामाजिक मन्त्रालय अनुसार सोमबार प्रदेशको ७ जिल्लामा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

थप पुष्टि हुनेहरुमा मकवानपुरमा १ पुरुष,ललितपुरमा १ जना पुरुष,काभ्रेमा १ पुरुष,भक्तपुरमा १ पुरुष,धादिङमा २ जना (एक पुरुष र एक महिला),चितवनमा ४ जना (२ पुरुष र २ महिला),काठमाण्डौमा ६ जना (२ महिला र ४ पुरुष) गरि प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै बागमती प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ४ सय ७ पुगेको छ । यसैगरि प्रदेशमा कोरोनाको कारण ५ जनाको मृत्यु भईसकेको छ भने १ सय १६ जना संक्रमण मुक्त भएका छन् ।

मकवानपुरको थाहा नगरमा कार्यरत एकजनामा कोरोना पोजेटिभ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।