१६ असार । भारतमा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या १६ हजार ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जनाको मृत्यु भएपछि मृतकको संख्या १७ हजार नजिक पुगेको हो ।

भारतमा एकै दिन १८ हजारभन्दा बढीमा संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ३५ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।