सांकेतिक तस्विर

१६ असार । नेपालमा कोरोना भाइरसको कारण थप एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशको अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

जिल्ला अस्पताल अछामका अनुसार असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए । असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

आकश्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । साथै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।