हेटौँडा ।  चितवनको जलबिरेमा भएको स्करपियो दुर्घटनामा परि घाईते भएका १९ वर्षका अनुज धितालको पनि मृत्यु भएको छ । गैर सरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको सपरिवार यात्रा गरिरहेको स्करपियो र ग्याँस बोकेको ट्यांकर एकआपसमा ठोक्कीएर दुर्घटना भएको थियो ।
हिजो साँझ भएको दुर्घटनामा परि धिताकी श्रीमति प्रभा धितालको मृत्यु भएको थियो । दुर्घटनामा परि घाईते भएका कष्ण धिताल, उनकी छोरी वर्षा धिताल र सबारी चालक राजन घिमिरेको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।
खबरब्रेकसँग भरतपुरको पुरानो मेडिकल कलेज पुगेर जानकारी दिँदै खेमराज सापकोटाले छोराको आज बिहान निधन भएको बताए । उनले भने ः हामि पनि भर्खरै यहा आईपुग्यो, फेरी अर्को दुखद खबर आयो, उपचार गरिरहेका अनुजको पनि मृत्यु भयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।