File photo

१६ असार । अमेरिकामा एकै दिन ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४३ हजार ५५८ जना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २६ लाख ८० हजार ६३५ पुगेको छ । मंगलबार बिहानसम्म १ लाख २८ हजार ७७१ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कुल संक्रमितमध्ये ११ लाख ४ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १४ लाख ४७ हजार ४३९ जनामध्ये १५ हजार ८४४ जनाको अवस्था गम्भीर रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।